२०८२ बैशाख ३० गते सोमवार

काँग्रेस नेता नेपाली भए गण्डकी प्रदेशको मुख्य मन्त्री


कास्की, जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन ।
नेपालीलाई काँग्रेस, माओबादी केन्द्र, जसपा, जनमोर्चा लगाएकाका विपक्षी गठबन्धनले उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ को उपधारा (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेको बताएकी छन् ।

नेपाली, नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुन । उनलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेको भएपनि बिपक्षी गठबन्धनले शुक्रबार बेलुका नै उक्त दाबी पेश गरेका थिए ।तर, प्रदेश प्रमुखले तोकेको समयसीमा भित्र समेत नेपालीलाई मुख्य मन्त्री नियुक्ति नगरेपछि शनिबार ३ बजेपछि बिपक्षी गठबन्धनका सांसदहरु धर्नामा बसेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *