२०८१ चैत्र ३ गते आइतवार

एमाले नेता मेटमनि चौधरीले भने – काँग्रेस नेता नरोत्तम बैद्यको अभिब्यक्ति सही छ


दाङ, जेठ २९ । नेकपा एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्य मेटमनि चौधरीले नेपाली काँग्रेसका नेता नरोत्तम बैद्यको भनाई प्रति समर्थन जनाएका छन् ।गण्डकी प्रदेश सभामा बोल्दै वैद्यले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध आपत्ति जनक र पदिय मर्यादा बिपरित प्रस्तुत भएका थिए । बैद्यले प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको र आवश्यकता हो भने आफुपनि त्यसका लागि तयार रहेको भन्ने अभिब्यक्ति दिएका थिए ।

उक्त अभिब्यक्तिको काँग्रेसका नेताहरुले समेत बिरोध जनाउँदै आएका थिए । तर, नेकपा एमाले भित्रको माधवकुमार नेपाल पक्षधर मानिने केन्द्रीय सदस्य तथा दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले भने उल्टै बैद्यलाई धन्यबाद दिएका छन् । शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बिघठित प्रतिनिधिसभा सदस्य चौधरीले प्रदेश सांसद बैद्यको अभिब्यक्ति सत्य रहेको उल्लेख गरेका छन् ।

‘ त्यसैले उहाँले न माफि माग्नु पर्छ न पश्चाताप,’ चौधरीले खेखेका छन् ‘ बरु हामी साशक भनिनेहरु नै प्रणाली ध्वस्त गर्ने बिषयमा ख्याल गरौं, संविधान मिचेकोमा पश्चापात गरौं।’

उनले अदालतले गलत ठहर गरेको बिषयमा जनतासंग सार्वजनिक रुपमा माफि माग्नु पर्ने र आगामी दिनमा गल्ति नगर्ने बिषयमा प्रतिबद्धता जाहेर गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । नेता चौधरीले जनताको मनोबिज्ञान बुझेर साशकहरु सोही अनुरुप ब्यबहार गर्नुपर्ने तथा आचारण देखाउन जरुरी रहेको बताएका छन् । तर, उनले कसैका प्रति बदलाको भाव राख्नु भने गलत भएको बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *