पोखरा, जेठ २८ । ‘डन’ गणेश लामा दूई हजार जरिवाना तिरेर रिहा भएका छन् । काठमाडौंबाट पोखरा पुगेका लामालाई बिहीबार निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले पोखरामा पक्राउ गरेको थियो ।
पक्रउ पछि प्रहरी कार्यालय बैदाम राखिएका लामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा गई दूई हजार जरिवाना तिरेर रिहा भएका हुन ।लामासंगै पक्राउ परेका चन्द्र लामा र रमेश खड्कालाई पनि स्थानीय प्रशासलने जनही २÷२ हजार जरिवाना तिराएर छोडेको छ ।
बिहीबार गण्डकी प्रदेशका प्रमुख पृथ्बीसुब्बा गुरुङले प्रदेशसभामा बिश्वासको मत लिदै गर्दा प्रदेश सांसद तथा खेलकुद मन्त्री दीपक मनाङ्ेलाई भेट्नका लागि डन लामा आफ्ना सहयोगीका साथ पोखरा पुगेको समयमा पक्राउ परेका हुन ।
प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार