२०८१ चैत्र ६ गते बुधवार

गण्डकीमा शनिबार दिउँसो ३ बजेभित्रै नयाँ सरकार गठनका लागि आह्वान

दाङ, जेठ २८ । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार शनिबार दिउँसो ३ बजेभित्र प्रदेश सरकार गठन गर्न समय प्रदान गरेकी छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न उनले आह्वान गरेकी छन् ।

बिहीबार मात्रै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत गुमाएका थिए ।साथै नयाँ सरकार गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी समेत प्रदेश प्रमुखले तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।विपक्षी गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *