२०८३ बैशाख २७ गते आइतवार

एमालेले कर्णाली सरकारमा सहभागि आफ्ना ३ सांसदलाई फिर्ता बोलाउने

सुर्खेत, जेठ २८ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले पुनर्वहाली भएका आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ।शुक्रबारको संसद बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना सांसदहरुलाई फिर्ता बलाउन लागेको बताएका हुन ।

सर्बौच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको बुधबारको एकल इजलासले कारबाहीमा परेका प्रकाश ज्वालासँगै कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापा समेत गरि ४ सांसदलाई पुर्नंबाहाली गर्न आदेश दिएको थियो । उनीहरु चारै जना माधवकुमार नेपाल पक्षका सांसद हुन ।

जसमध्य तीन जना कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रहेका छन् ।

उनीहरु सबैले गत बैशाख ४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बिश्वासको मत दिन फ्लोर क्रस गरेका थिए ।
त्यसपछि ती चार जनालाई एमाले प्रदेश संसदीय दलको सिफारिसमा महाधिवेशन आयोजक कमिटीले सांसद र पार्टी दुबै ठाउँबाट निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *