२०८३ असार १ गते सोमवार

भारतीय जंगलबाट बर्दिया छिरे ४० हात्ती

दाङ, जेठ २८ । पालको बर्दियाको जंगल क्षेत्रमा भारतीय जंगलबाट हात्तीको बथान प्रबेश गरेको अनुमान गरिएको छ ।
बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० जति हात्ती एक साथ हिँडिरहेको देखिएपछि ती हात्ती भारतीय जंगलबाट नेपाल प्रबेश गरेको अनुमान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियाले भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको जानकारी दिएका छन् । ती हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रबेश गरिसकेको उनले बताए ।
कडरियाले एक महिनाजति ती हात्तीहरु नेपालमा बसेर फेरि भारत फर्किने अनुमान गरे ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको दूरी लगभग १० किलोमिटर मात्रै छ ।
जहाँ हात्ती लगाएत बन्य जन्तु हिँड्ने परम्परागत बाटो समेत रहेको छ। कडरियाले यसअघि पनि हात्तीहरु नेपाल– भारत ओहोरदोहोर गरिरहने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *