२०८१ चैत्र १२ गते मङ्गलवार

प्रहरीको भ्यानको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु

तुलसीपुर, जेठ २८ । प्रहरीको भ्यानले ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा बिहीबार राति ११ ः ५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैंजाँदै गरेको अवस्थामा उक्त दूर्घटना भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी नियरिक्षक भुवन भट्टले यो खवर तयार पार्दासम्म मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।

उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टीएर गई टाउको बिद्युत पोलमा ठोक्किएको देखिएन आएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *