२०७८ असार ४ गते शुक्रवार

ओलीले फेरि मन्त्रीमण्डल बिस्तार गरे


काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि आफ्नो मन्त्री मण्डल बिस्तार गरेका छन् । थपिएका सात मन्त्री र एक राज्यमन्त्रीले बिहीबार नै सपथ समेत समेत लिएका छन ।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएकी हुन ।
ओलीले गृहमन्त्रीमा नेकपा एमाले नेता खगराज अधिकारीलाई नियुक्त गरेका छन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री,नैनकला थापा सञ्चार मन्त्री,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले सपथ लिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *