२०७८ असार ४ गते शुक्रवार

दीपाको शव ३ दिनपछि भेरी नदीमा फेला पर्यो

दाङ, जेठ २७ । भेरी नदीमा बगेर बेपत्ता भएकी रुकुम पश्चिमकी एक किशोरीको शव तीन दिनपछि फेला परेको छ ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको बिहीबार बिहान साढे ८ बजेतिर चौरजहारी नगरपालिका ३ स्थित भेरी नदीमा शव फेला परेको हो ।

दीपा मंगलबार बिहान साढे ११ बजेतिर बगेर बेपत्ता भएकी थिइन । जिल्ला प्रहरी प्रमुख जाजरकोटका डिएसपी मधुकुमार थापाले उनका दाजु १७ बर्षीय रामबहादुर डाँगी भेरीमा चिफ्लिएर बगेपछि दीपा र उनकी ११ बर्षीया बहिनी गीता दाइलाई बचाउन भन्दै नदीमा हाम फालेका थिए ।

स्थानीयले रामबहादुर र गीताको उद्धार गरि अस्पताल पु¥याएपनि केही बेरमै दीपाकी बहिनी गीताको भने जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको थियो । रामबहादुरको अवस्था भने सामान्ने छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *