२०७८ असार ४ गते शुक्रवार

अब हामी सिनेमा हललाई ‘फोर स्टार होटेल’ बनाउने बारे घर सल्लाह गरिरहेका छौं – अनुपकुमार श्रेष्ठ (रामु)


तुलसीपुर, जेठ २६ । बिश्वभर फैलिएको कोरोना भाइरस महामारी पछिको लकडाउनका कारण मनोरञ्जन क्षेत्र नराम्रो संग प्रभाबित छ । नेपालमा अघिल्लो पटक २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु भएदेखि नै तुलसीपुरका सिनेमा हलहरु सञ्चालनमा आउन सकेका छैनन् । राज्यले नै कोरोना भाइरसको संक्रमनबाट सर्वसाधारणलाई जोगाउन भन्दै सिनेमाहलहरु सञ्चालनमा प्रतिबन्ध लगाउँदै आएको छ । जसले गर्दा करोडौं लगानीका भौतिक संरचना उपयोग बिहिन जस्तै बनेका छन् ।बर्ष दिन भन्दा बढी समयदेखि चलचित्र हलहरु बन्द रहँदा यतिखेर बोट बिरुवा र घाँस जागेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.–६ स्थित ‘बिष्णु चलचित्र मन्दिर’को प्राङगणमा मंगलबार बिहान गाई भैंसी चर्दै गरेको दृष्य देखिएको थियो । तुलसीपुर ६ कै ‘ ऊं शान्ति सिनेमा हल’ भित्रको दृष्यपनि सिसौ जातका बिभिन्न बोट बिरुवा र अग्लो घाँस जागेको छ ।

बिष्णु चलचित्र मन्दिर बिक्रम संबत २०५१ सालदेखि निर्माण सुरु भइ २०५३ सालदेखि सञ्चालनमा आएको हो ।
यो सिनेमा हलमा ३३ एमएमको प्लाष्टिक पर्दा रहेको हलका अप्रेटर कालुसिंह केसीले बताए । केसीले आफु बिगत २६÷ २७ बर्षदेखि सोही हलमा अप्रेटरका रुपमा कार्यरत रहेको बताउँछन् । बिगत एक बर्षदेखि हल बन्द भएपनि साहुको आग्रहमा उनी रेखदेखका लागि हलमा बस्दै आएका छन् ।

तुलसीपुरको पहिलो सिनेमा हल भने ‘ऊँ शान्ति’ हो । २०४६ सालदेखि निर्माण सुरु गरेको यो सिनेमा हल २०५० सालमा निर्माण पुरा भइ सञ्चालनमा आएको हो । भौगोलिक हिसावले पूर्व पश्चिममा निर्मित यो सिनेमा हल दक्षिणको चुरे पर्वत सृङखलाबाट समेत नाङ्गो आँखाले स्पष्ट पहिचान गर्न सकिन्छ । प्लेनबाट नियाल्दा समेत केही बर्ष पहिलेसम्म तुलसीपुर बजारमा मानव निर्मित सबै भन्दा ठूलो भौतिक संरचना यही देखिन्थ्यो । दुबै सिनेमा हल निर्माण गर्न उतिखेरै एक करोड बढी खर्च भएको दुबै सिनेमा हलका सञ्चालकहरुले जानकारी दिए ।

अब सिनेमा हललाई होटेल बनाउने सल्लाह गर्दै छौं – श्रेष्ठ
बिष्णु चलचित्र मन्दिर नायक अर्जुन श्रेष्ठ, ब्यबसायीहरु उत्तमकुमार श्रेष्ठ र अनुप श्रेष्ठको हो । संगोल परिवार हुँदा निर्माण गरेको सिनेमा हल अहिले तीन काका भतिजको नाममा रहेको अनुप श्रेष्ठ (रामु)ले बताए । श्रेष्ठका अनुसार उतिखेर यो हल निर्माण गर्न झन्डै एक करोड बढी लगानी भएको थियो ।

उनले पछिल्लो समय कोभिड १९ र लकडाउनले गर्दा सिनेमाहल सञ्चालकहरु ठूलो मर्कामा परिरहेको बताए । सिनेमा हलबाट आफुहरुले सोचे जस्तो प्रतिफल प्राप्न गर्न नसकेको श्रेष्ठले बताए । ‘ंअब सिनेमा हललाई पर्यटन बिकासको लागि प्रयोग गरौं कि भन्ने सल्लाह भइरकेको छ,’ श्रेष्ठले भने ‘ हामी घर परिवारमा सिनेमा हललाई फोर स्टार होटल बनाउने कि भनेर सरसल्लाह भइरहेको छ ।’

झन्डै २५ बर्ष अगाडि निर्मित सिनेमा हल उतिखेरको जमाना अनुसार ठिकै भएपनि पछिल्लो समय भित्रिएका प्रबिधिका कारण अब चलाउन कठिन रहेको उनले तर्क गरे । ‘ पुरोना भौतिक संरचना र पुरानो प्रबिधिले अब दर्शक आकर्षित गर्न कठिन छ भन्ने ठानेका छौं,’ उनले भने ‘ बरु अव त्यही संरचनालाई उपयोग गर्दै चार तारे होटेल बनाउने कि भन्ने सल्लाह भइरहेको छ ।’

लकडाउन पछिपनि यस्तै अवस्था रहे हामी सिनेमा हल बेच्नै परेपनि तयार हुने छौं – ध्रर्बराज पुरी
नेपाली काँग्रेस सल्यानका तत्कालिन जिल्ला सभापति ध्रर्बराज पुरीका अनुसार तत्कालिन समयमा सिनेमा हल निर्माण गर्दा एक करोड बढी खर्च भएको जानकारी दिए । झन्डै ८ कठ्ठा क्षेत्रफल सिनेमा हलले चर्चेको भएपनि भवन भने करिब ४ कठ्ठा जतिको क्षेत्रफलमा रहेको उनले बताए ।ऊं शान्ति सिनेमा हल काँग्रेस नेता ध्रुर्बराज र उनका भाइ लोकमान पुरीको साझा सम्पत्ति हो । यद्यपी आजसम्म यो हल ध्रुर्र्बकै नाममा छ ।

बिगत एक डेढ बर्षदेखि यो सिनेमा हल बन्द भएपछि सबै कर्मचारीलाई बिदाई गर्नु परेको पुरीले जानकारी दिए । आज सिनेमा हलमा उतिबेला गरेको करोड लगानी औचित्यहिन जस्तो बन्न पुगेको उनले बताए ।

‘ करोडौंको संरचना त्यतिकै खाली छ,अब त लकडाउन सकिएपछि यसको नयाँ उपयोगिताबारे घर सल्लाह गर्ने छौं ,’ पुरीले भने ‘परे हामी यो बेच्नपनि तयार हुने छौं, हामीले गर्न नसके अरुले त यस्लाई केही नयाँ ढंगले उपयोग गर्ला नि ?’
अहिले लकडाउनले गर्दा सिनेमाहल बन्द रहेपनि यहाँका सिनेमाहरुमा दर्शक नआउनुका पछाडि थुप्रै कारणहरु छन् ।

इन्टरनेटको बिस्तार हुनु, हातहातमा मोबाईल पुग्नु, डिसहोम गाउँ गाउँमा पुग्नु, डिभिडी प्लेयरहरु पुग्नु, सिनेमाको कपी हुनु र स्तरिय नेपाली चलचित्र नबन्नु जस्ता कारणहरुले पनि सिनेमा हलहरमा दर्शकहरु आउन छोडेको जानकारहरु बताउँछन् ।
पछिल्लो पुस्तालाई आकर्षित गर्ने गरिसुबिधा तथा पुरीले भने प्रबिधिहरु थप्न नसक्नुले पनि दर्शक आउन छोडेको धेरैको मत छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *