
बुटवल, जेठ २५ । लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनहरुले मंगलबार बहिस्कार गरेका छन। प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बिपक्षी गठबन्धनका सांसदहरुले त्यो बहिस्कार गरेका हुन ।
नेकपा एमाले प्रदेश सभामा अल्पमतमा रहेको जानकारी गराउँदा पनि शंकर पोखरेललाई संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि बिपक्षी गठबन्धन असन्तुष्ट थिए ।
त्यही भएर विपक्षी गठबन्धनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम बहिस्कार गरेको नेपाली काँग्रेसका एक सांसदले जानकारी दिए । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगाएका सांसदले नीति तथा कार्यक्रम बहिस्कार गरेका हुन ।
प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
