२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर ११ ले किनेर दियो स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर


तुलसीपुर, जेठ २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ वडा कार्यालयले अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी बेल्टाकुरालाई हस्तान्तरण गरेको छ । वडा कार्यालयले खरिद गरेका अक्सिजन कन्सर्नट्रेटर, अक्सिजनसहितका सिलिन्डर, फेस शिल्ड, अक्सिमिटर, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु मंगलबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष चित्रबहादुर वली लगायत अन्य जनप्रतिनिधिले स्वास्थ्य चौकीका प्रमुख चित्र वलीलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि अब अक्सिजन चाहिने बिरामीको उपचार गर्न सहज हुने स्वास्थ्य चौकीका प्रमुख वलीले बताए ।

वडा सदस्य सुबाश डाँगीले आफुहरु प्रतिनिधिका रुपमा आएपछि स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गर्न सफल भएको र भबिस्यमा थप सुबिधा थप्न प्रयत्नरत रहने जनकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *