२०८३ असार १ गते सोमवार

चितवनस्थित राप्ती नदीमा माछा मार्न गएका एक ब्यक्तिको गोहीको आक्रमणबाट मृत्यु

चितवन, जेठ २४ । चितवनस्थित राप्ती नदीमा माछा मार्न गएका एक ब्यक्तिको मगर गोहीको आक्रमणबाट मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको राप्ती नदीमा माछा मार्न गएका ३५ वर्षीय छन्नुराम बोटेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २५ का बासिन्दा बोटेलाई भरतपुर २४ ध्रर्बघाट क्षेत्रमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको थियो। लुकिछिपी रातिको समयमा निकुञ्ज क्षेत्रमा बोटे माछा मार्न गएको समयमा गोहीले आक्रमण गरेको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ ।

निकुञ्जले राप्ती र नारायणीमा माछा मार्न लाइसेन्स अनिवार्य गरेको छ। तर, वैशाखदेखि असार मसान्तसम्म भने माछा मार्न प्रतिबन्ध लगाउने गरिएको छ ।यो समयमा माछको लागि प्रजनन् समय मानिने हुँदा माछा मार्न निषेध गर्ने गरिएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *