
सुर्खेत, जेट २३ । नेपाली कांग्रेस कर्णालीको प्रदेश सरकारमा सहभागी भएको छ । आइतबार जलस्रोत तथा उर्जा विकास मन्त्रीका रुपमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसीले सपथ लिएका हुन ।
दिउँसो २ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस प्रदेश संसदीय दलबाट दुई जना सांसद मन्त्री बनेसंगै सवा ३ बर्ष पछि प्रदेश सरकार मार्फत काँग्रेसको सहभागी सरकारमा भएको हो ।
सुरूमा सात सदस्यीय कर्णालीको मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ।
ंसर्बौच्च अदालतको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि माओवादी केन्द्रका शाही नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले कर्णाली प्रदेश दलले फिर्ता लिएको थियो। तैपनि मुख्यमन्त्री शाहीले वैशाख ३ गते काँग्रेस लगाएतको सहयोगमा संसदबाट विश्वासको मत प्राप्त गर्न सफल भएका थिए।मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन एमालेका चार जना सांसदले पनि फ्रालोर क्रस गरेका थिए।
