२०८१ चैत्र ४ गते सोमवार

८४ बर्षे बृद्ध बलात्कार मुद्दामा साढे ७ बर्ष जेल चलान


तुलसीपुर , जेठ २०। ८४ बर्षीय एक जेष्ट नागरिक जबरजस्ती करणी मुद्दामा झन्डै साढे सात बर्ष जति जेल चलान भएका छन् ।
बलात्कार मुद्दामा दोषी ठहर भएपछि तोएिको सजाय भुक्तान गर्नका लागि ती जेष्ट नागरिक पक्राउ पछि कारागार चलान भएका हुन ।

घोराही उपमहानगरपालिका वडा नं. ४ का ८४ बर्षीय रामु केसी बिरुद्ध २०७६÷०८÷२६ गतेको जबरजस्ती करण मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ बर्ष ५ महिना ८ दिन कैद सजाय र दूई लाख २५ हजार आर्थिक जरिवाना तोकेको थियो ।
अदालतको फैसला पछि फरार केसीलाई बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

पक्राउ पछि केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानी गर्नको लागि कारागार चलान गरिएको रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *