
तस्विर : बालाराम खड्का।
तुलसीपुर, १९ जेठ । लकडाउन संगै ज्याला मजदुरी गरी खानेहरुलाई समस्या परे संगै विभिन्न व्यक्तिहरुले विपन्न तथा असाहायहरुलाई सहयोग गदै आएका छन् । वुधवार तुलसीपुरका युवा व्यवसायी ओहिद सिद्धिकीले पनि एक जना असाहाय वृद्धलाई खाद्यान्न र कपडा सहयोग गरेका छन् ।
तुलसीपुर –४ रक्षाचौरमा बस्दै आएकी एक वृद्धलाई चामल, नुन, तेल, स्यावीन, दाल र कपडा सहयोग गरेका हुन् । अरुको घरमा बस्दै आएकी वृद्धलाई घरमै पुगेर सिद्धिकीले राहत समेत हस्तान्तरण गरेका थिए । ज्याला मजदुरी गरि खाने गरेकी वृद्धलाई लकडाउनमा समस्या नहोस भनेर खाद्यान सहयोग गरीएको हो । सिद्धिकीले थोरै भएपनि वृद्ध आमालाई सहयोग मिलोस भनेर खाद्यान सहयोग गरेको बताए ।
‘उहाँलाई खान लगाउन समस्या नहोस भनेर सहयोग गरेकोहु अन्य सहयोग पनि मैले गर्नेछु उनले भने ।’ सिद्धिकीले अन्य सहयोग आवश्यक परे पछि गर्ने बताए । सो वृद्धले आफुलाई खाद्यान संग संगै औषधी उपचारका लागि नगद रकम आवश्यक भएको भन्दै सहयोगको आग्रह समेत गरेकी थिइन् ।
आँखामा समस्या भएको र उपचारका लागि भौरवा जानुपर्ने भन्दै पैसा नभएको गुनासो गरिन । उनले सहयोग गर्ने सिद्धिकीलाई धन्यवाद दिइन् । तुलसीपुर स्थीत गोल्डेन श्रृगार पसल गर्दै आएका सिद्धिकीले उपचारका लागि लाग्ने खर्च समेत आफुले दिने प्रतिवद्धता जनाएको थिए ।