२०८३ असार १ गते सोमवार

बाबुराम–उपेन्द्र पक्षले पार्टी अध्यक्ष महन्थ, राजेन्द्रसहितका नेताहरुलाई पार्टीबाट निष्कासन ग¥यो

काठमाडौं, जेठ १८ । जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । निष्कासनमा पर्नेहरमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण रहेका छन् ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको हो ।
काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीको सदस्यसमेत नरहने गरि निष्कासन गरेको एक नेताले बताए । चार नेतालाई कारबाही गरेको बेहोरो निर्वाचन आयोगलाईसमेत गराई सकेको ती नेताले जानकारी दिए ।

जसपा भित्र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले केही दिन पहिले मात्रै अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधिसकेका थियो।

यसअघि नै भट्टराई–यादव पक्षले सरकारमा सहभागी भए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइ सकेका थिए । ठाकुर पक्ष सरकारमा जाने तयारीमा रहेपछि भट्टराई – यादब समुले उनीहरुलाई पार्टीबाटै निष्कासन गरेको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *