२०८१ चैत्र ६ गते बुधवार

४ सांसदलाई मताधिकार दिएपछिको बिपक्षी दलको बिरोध

दाङ, जेठ १६ । निर्वाचनको पूर्वसन्ध्यामा चार सांसदलाई मताधिकार दिएपछि बिपक्षी दलहरुले त्यसको बिरोधमा उत्रिएका छन् । राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा आइतबार बेलुका ५ बजेपछि निर्वाचन आयोगले मन्त्री समेत रहेका जनता समाजबादी पार्टीका चार सांसदलाई मतदानको अधिकार प्रदान गरे पछि बिपक्षी चार दल रुष्ट बनेका छन् ।

आयोगको कदमको बिरोध गर्दै बिपक्षी दलहरुले निर्वाचन आचारसंहिता र निर्वाचन प्रणालीको आम मान्यता विपरितको कार्य भएको भन्दै त्यो कार्यान्वयन नगर्न माग गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनौंडिया, नेकपा माओबादी केन्द्र संसदीय दलका नेता कुलप्रशाद केसी, जनता समाजबादी पार्टी, नेपाल, संसदीय दलकी प्रमुख सचेतक पूर्मती ढंङ्गा मगर र राष्ट्रिय जनमोर्चाको तारा जिसीले आइतबार बेलुका संयुक्त बिज्ञप्ति प्रकासित गर्दै निर्वाचन आयोगको पछिल्लो कदमले संवैधानिक आयोगको बिश्वसनियतामा समेत आशंका पैदा भएको उल्लेख गरेका छन् ।

उनीहरुले नेपालको संविधान अनुसार लोकतन्त्र, आवधिक निर्वाचन, बिधिको शासनको उलंघन भएको उल्लेख गरेका छन् । बिज्ञप्तिमा लेखिएको छ ‘ यसले निर्वाचन आयोग जस्तो संवैधानिक अंग केपी ओली एमालेको बिभागमा परिणत भएको प्रमाणित गर्दछ ।’

आयोगको पछिल्लो कदमले निर्वाचन निष्पक्ष हुनेमा आशंका पैदा भएको बिपक्षी दलहरुले बताएका छन् ।
बिपक्षी चार दलका नेताहरुले निर्वाचन आयोगको पछिल्लो निर्णय कार्यान्वयन नगर्न नगराउन माग पनि गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *