२०८१ चैत्र ९ गते शनिवार

बजेट सुनाउनका लागि हैन, कार्यान्वयमा लागि ल्याइएको हो – अर्थमन्त्री पौडेल


काठमाडौं, जेठ १६ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्यन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । सरकारले शनिबार प्रस्तुत गरेको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका हुन ।

उनले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए।

पौडेलले भनेका थिए –, ‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि हो ।’
बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हुँदा त्यसमा आशंका नगर्न उनले आग्रह गरेका छन ।
कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपर्ने अवस्था रहेको हुँदा त्यसैअनुरूप बजेट केन्द्रीत गरिएको उनले बताए ।

‘कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उनले भने ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत रहेको जिकिर गरे ।आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता उनले ब्यक्त गरे ।

चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको भन्दै उनले स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने विश्वास दिलाए । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको जिकिर गरे ।

सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए। खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्य निर्धारण गरिएको स्पष्ट पारे।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *