२०८१ चैत्र ६ गते बुधवार

बाँकेमा छानविन समितिको प्रतिबेदन आज बुझाउँदै

दाङ, जेठ १६ । भेरी अस्पतालका डाक्टर नर्समाथि भएको आक्रमण बारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिबेदन बुझाउने भएको छ । बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमण गरेका थिए ।

त्यसपछि घटना छानविन गरि तीन दिन भित्र प्रतिबेदन बुझाउन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । उक्त समितिले घटना बारे प्रतिबेदन तयारी पारिसकेको र आइतबार नै प्रतिबेदन बुझाउने समितिका एक सदस्य कृष्णप्रशाद श्रेष्ठले जानकारी दिए ।

डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावतत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित डाक्टर, नर्स र अस्पताल विकाश समितिको जाहेरीका आधारमा उनीहरुका बिरुद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

त्यस्तै छानबिन समितिले शुक्रबार नै अस्पतालको सिसी टिभी फूटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *