२०८१ चैत्र ९ गते शनिवार

अबदेखि भेरी अस्पतालमा २५ प्रहरीको पहरा


दाङ, जेठ १५ । भेरी अस्पताल नेपालगञ्जमा शनिवारदेखि २५ जना प्रहरीले दिनहुँ डिउटी गर्ने भएका छन् । मृतकका आफन्तले डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने क्रम बढ्न थालेपछि प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीको कमाण्डमा २५ जना प्रहरी सुरक्षाको लागि खटाइएको छ ।
प्रहरी शनिवारदेखि नै अस्पतालमै बस्ने गरि खटाइएको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन् ।

बिहीबार बेलुका ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५२ बर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, लोकराज रावत र भरत रावत लगाएतले अस्पतालका डाक्टर, नर्सहरुमाथि कुटपिट गरेका थिए । उनीहरु तीनै जनालाई प्रहरीले पक्राउ गरि ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा चलाई सकेको छ ।

शनिबारदेखि २५ जना प्रहरी अस्पतालमै बसेर सुरक्षा गर्ने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *