२०८१ चैत्र ९ गते शनिवार

बेलझुण्डीमा जिप दूर्घटना – ४ जना घाइते


तुलसीपुर, जेठ १३ । तुलसीपुरको बेलझुण्डीमा बिहीबार दिउँसो जिप दूर्घटना हुँदा चार जना घाइते भएका छन् ।दूर्घटनामा परि सल्यान कपुरकोटका गगन बाँठा, सन्तोष बिक, दोर्ण बिक र ललित बिक घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता भलकप्रशाद शर्माले जानकारी दिए ।

घाइते सबैको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको तथा सबैको अवस्था सामान्ने रहेको प्रहरी निरिक्षक शर्माले बताए ।

बेनीबाट कपुरकोट तर्फ जाँदै गरेको रा १ ज ५१५ नम्बरको जिप विहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ रंगशाला नजिकै चिफ्लिएर दूर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा सवार थप ८ जनाको अवस्थामा भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *