काठमाडौं, जेठ ११। पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
मन्त्रालयका अनुसार २२३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४०४८८७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
