
दाङ, जेठ ११ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना नेपाली काँग्रेसका स्वर्गिय नेत गिरिजाप्रशाद कोईरालासंग गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मुख्य मन्त्री पोखरेलले गिरिजा र ओलीको तुलना गरेका छन् ।
अहिले प्रधानमन्त्री ओलीका बिरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति कोईराला बिरुद्ध केन्द्रित रहेको र
त्यो राजनीतिलाई ट्रयाकमा ल्याउन पछि सबैले गिरिजाको खोजी गर्नु परेको उनले अथ्र्याएका छन् ।
मुख्यमन्त्री पोखरेलले आम नागरिकले अहिलेको बिबादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझिरहेको दाबी गरेका छन् ।
उनले अहिलेको अवस्थाले बिगतमा गिरिजाको खोजी भए जस्तै भविष्यमा ओलीको खोजी गर्नुपर्ने अवस्था आउने संभावना औंल्याएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार