२०८३ कार्तिक १२ गते बुधवार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमण मुक्त

जेठ ११। नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन ।सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिएका हुन् । शर्मालाई गएको वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शर्माले सामाजिक संजालमा लेखेका छन, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी १ शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ।

कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै,सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *