दाङ, जेठ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलले देश ब्यापी रुपमा प्रदर्शन गर्न निर्देशन दिएको छ।
राष्ट्रपतिले सरकारको सिफारिसमा बैशाख ८ गते मध्य राति असंबैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा देश व्यापी पर्दशन गर्न आग्रह गरेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार बिज्ञप्ति प्रकासित गरि ७७ वटै जिल्ला अध्यक्षहरूलाई पर्दशनमा उत्रन आग्रह गरेका हुन ।
उनले पर्दशनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रदर्शन गर्न आग्रहपनि गरेका छन् ।
तरूण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठनलगायतसंग मिलेर पर्दशन गरिने जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
