२०८१ चैत्र ३ गते आइतवार

गोली लागी घाइते माओबादी नेता पाण्डेको मृत्यु


दाङ, जेठ ११ । गोली लागेका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।

पाण्डेको सोमबार राति काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारत उनको अवस्था थप जटिल बन्दै गएपछि सोमबार मात्रै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

पाण्डे र उनीसँगै रहेका एक भारतीय नागरिक मोहमद इर्साद खानलाई बैशाख ५ गते राति तौलिहवा – जितपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरी फरार भएका थिए ।
खानको उपचार भइरहेको छ ।

२ जना पक्राउ
घटनामा संलग्न भएको आशंकामा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य यादब जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवले व्यक्तिगत रिसइबीका कारण गोली प्रहारको प्रहरी समक्ष बयान गरेको खुल्न आएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *