२०८१ चैत्र ३ गते आइतवार

देउवाको पक्षमा बहुमत सांसद सर्बौच्च पुगेर रिट हाले

काठमाडौं, जेठ १० । पाँच राजनीतिक दलका बहुमत सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वौच्च अदालतमा रिट दिएका छन् । सोमबार १४६ सांसद शशरिर सर्वोच्चमा उपस्थित भएर उत्प्रेषणको आदेश माग गर्दै प्रतिनिधि सभा पुर्नंस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दिएका हुन ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष १४९ सांसदले हस्ताक्षर पेश गर्दै देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका थिए । सोही आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सांसदहरु सर्बौच्च पुगेका हुन । सोमबार सर्बौच्चमा १५० सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै निबेदन दिएका हुन ।

जेठ ७ गते बेलुका ५ बजे भित्र शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्षरसहित नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गरेका थिए । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपा, नेकपा एमालेका सबै सांसदहरुलाई गणना गर्दै १५१ जनाको हस्ताक्षर बुझाएका थिए ।

जवकि, एमाले भित्रका माधवकुमार नेपाल, झलनाथ खनाल, जसपाका उपेन्द्र यादब, बाबुराम भट्टराई स्वएंम आफैं उपस्थित भएर देउवालाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कहाँ पुगेका थिए ।तर,पनि राष्ट्रपतिले दुबै जनाको दाबी नपुग्ने जिकिर गर्दै प्रतिनिधि सभा विघटन गरी मध्य रातमा निर्वाचन घोषणा गरेकी थिइन ।

जस्लाई नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, एमालेको माधव नेपाल सहुम, जसपा लगाएका दलहरुले असंवैधानिक र गैरकानुनी कदमको संज्ञा दिदै आन्दोलनको घोषणा गरेका छन् ।जेठ ७ मा देउवाले १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कहाँ शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले निवेदन दिएका थिए ।

उनीहरुको निवेदनमा प्रतिनिधि सभा पुर्नंस्थापना लगाएतका चारवटा माग गरिएको छ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते मध्य राति प्रतिनिधि सभा विघटन गर्दे मध्याबधि निर्वाचन घोषणा गरेकी छन् । कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *