दाङ, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उनले सोमबार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने अध्यादेश जारी गरेकी हुन ।
बिहिबारको मन्त्रिपरिषद बैठकले उक्त व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गर्दै त्यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो अध्यादेशमा बाबुको पहिचान नभएका सन्तानलाई पनि आमाका नामबाट वंशजका आधारमा नागरिकता दिने प्रावधान राखिएको छ ।
यसअघि जनता समाजबादी पार्टीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने ब्यबस्था गर्न माग गर्दै आएको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार