२०८३ असार १ गते सोमवार

एमाले सांसद चौधरीले गाडी फिर्ता गरिन


दाङ, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेकी छन् । उनले पदमा रहँदा सम्म राज्यको स्रोत साधन प्रयोग गरेको भएपनि पद मुक्त भएपछि सरकारी सम्पत्ति सरकारलाई नै फिर्ता दिएको जानकारी दिइन ।

प्रतिनिधिसभा बिघटन पछि सांसद पद गुमाएको हुँदा आफुले प्रयोग गर्दै आएको गाडी आइतबार संसद सचिवालयलाई फिर्ता गरिदिएको चौधरीले जानकारी दिइन ।

मन्त्री परिषदको सिफारिसमा शनिबार मध्य राति राष्ट्रपतिले प्रतिनिनिधसभा बिघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *