२०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रपतिको कदमले लोकतन्त्र गम्भीर संकटमा – नेपाल पत्रकार महासंघ

दाङ, जेठ ८ । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमलाई असंवैधानिक कदमको संज्ञा दिएको छ ।

महासंघका महासचिव रोसन पुरीले शनिबार बिज्ञप्ती मार्फत  वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचन घोषणा गर्ने राष्ट्रपतिको कदमले लोकतन्त्र गम्भीर संकटमा पर्ने बताएका छन् ।

महासचिव पुरीले यतिखेर जनताले संविधान प्रतिकूल चुनाव नभएर महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको उल्लेख गरेका छन् ।

तर, त्यस बिपरित  मध्यरातमा सरकारको सिफारिसमा  राष्ट्रपतिले चुनावको सिफारिस गर्नु  जालझेल पूर्ण कदम भएको हुँदा प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु बिरोध जुट्न जरुरी रहेको पुरीले उल्लेख गरेका छन् । 

 उनले असंबैधानिक कदको बिरुद्धमा  दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेका छन् । 

राष्ट्रपतिको कदम जनआन्दोलनले आन्दोलन पछि  प्राप्त भएका संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्था विरुद्धको प्रहार भएको महासचिव पुरीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *