
फाइल तस्विर।
काठमाडौँ,जेठ ७ । नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा आफूले हस्ताक्षर नगरेको बताएका छन्।
नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिएका नेता भट्टराईले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको बताए।
उनले सामाजिक संजालमा लेखेका छन ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’
उनले सामाजिक संजाल मार्फत ‘ पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु। यसका लागि म लागि पनि रहेको को बताएका छन ।’
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
