२०८३ असार १ गते सोमवार

प्रधानमन्त्रीका लागि देउवा र ओलीको राष्ट्रपति समक्ष दाबी प्रस्ततु


काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी प्रस्ततु गरेका छन् ।

राष्ट्रपतिले बिहीबार बेलुकी संविधानको धारा ७६– ५ अनुसार नयाँ सरकार गठन गर्न शुक्रबार बेलुका ५ बजेसम्मको समय सीमा तोकेकी थिइन ।तोकिएको समयमा आफुलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका हुन ।

ओलीले आफ्नो पक्षमा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसद आफूसँग रहेको दाबी राष्ट्रपतिसमक्ष प्रस्ततु गरेका छन् ।

तर, त्यो भन्दा अगाडि नै सभापति देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसद, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद गरी १४९ जनाको समर्थन आफूसँग रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको लागि दाबी प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री माथि दूई जनाले दाबी प्रस्तुत गरेपछि राष्ट्रपतिले सल्लाह गरेर निर्णय गर्ने धारणा राखेकी छन् ।
नेकपा एमालेका नेता नेपाल र राजपाका यादवले राष्ट्रपतिलाई आफु हस्ताक्षर कर्ता स्वएंम उपस्थित रहेको हुँदा प्रधानमन्त्रीको रुपमा ओलीको दाबी कसरी सही हुन सक्छ ? भनेर प्रश्न गरेका थिए ।

संविधानको धारा ७६–५ अनुसार आफुहरु बुझाएको हस्ताक्षरमा सांसदको स्पष्ट बहुमत रहेको हुँदा त्यसमा जालझेल गर्न नमिल्ने उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *