२०८१ चैत्र ४ गते सोमवार

सपथ अध्यादेश: हटाइयो ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द

काठमाडौं, जेठ ७। सरकारले जारी गरेको सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए। ‌ओलीको सपथ विवादमा परेपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

सरकारले जारी गरेको अध्यादेशमा सपथको ढाँचा समावेश गरिएको छ।

त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *