२०७८ असार ४ गते शुक्रवार

चलचित्र क्षेत्रको संरक्षण गर्न राज्य संगै पत्रकारपनि लाग्नु पर्छ – बिपुल पोखरेल

चलचित्र पत्रकार संघले झन्डै १० हजार सहयोग दिने

तुलसीपुर,जेठ ७ । नेपाल पत्रकार महासघंका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कोरोना महमारीका कारण अरबौ लगानी रहेको चलचित्र क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि राज्यसंग संगै पत्रकारहरुको पनि महत्वपूर्ण भुमिका रहने बताएका छन् ।

चलचित्र पत्रकार सघं दाङ शाखाले आफ्नो २२ औँ स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजना गरेको भर्चुअल मिटिङमा अध्यक्ष पोख्रेलले कोरोना महामारीलाई नियन्त्रण गर्न देशभर लकडाउन गरिएको भएपनि यो समयमा विधागत क्षेत्रबाट नागरिकलाई निरन्तर सूचना प्रवाह गर्न जरुरी रहेको बताए ।

‘राष्ट्रको अंगको रुपमा रहेको चलचित्र क्षेत्रले साहित्य कलासगंै दक्षता अभिबृदिलाई अगाडि बढाउनुपर्ने हुन्छ,’ पोखरेलले भने ‘ त्यसका राज्यको अहम भूमिका हुनुपर्छ र पत्रकारहरुले पनि निरन्तर सूृचना प्रवाह गर्न सक्नु पर्छ ।’

पछिल्लो  समय कोरोना महामारीका कारण नेपालको चलचित्र क्षेत्र धोस्त हुदैं गएको प्रति उनले चिन्ता जाहेर गरेका थिए । ‘चलचित्र पत्रकारिता र पत्रकारको बर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले चलचित्र पत्रकार सघं दाङ शाखाको सक्रिय लोभलाग्दो भएको बताए ।

उनले भबिष्यमा पनि यो छवि जोगाएर राख्न आग्रह गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपाली चलचित्र क्षेत्रको इतिहासमा कोरोनाका कारण गत वर्षदेखि चलचित्र उद्योग बढी प्रभावित बनेको हुँदा लगानी कर्ता डराउनु परिरहेको बताए ।

कार्यक्रममा चलचित्र पत्रकार सघंका केन्द्रीय अध्यक्ष अध्यक्ष दिनेश सिटौला र पूर्व केन्द्रीय अध्यक्ष शान्ति प्रियले कोरोनाका कारण चलचित्र पत्रकारिता क्षेत्रसंगै समग्र मुलुक संकटमा परेको अवस्थामा सबैको सकारात्मक पहलबाट मात्रै फेरि उद्योग फस्टाउन सक्ने आशा ब्यक्त गरे ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले बर्तमान अवस्थामा पत्रकारितामा पनि चुनौती देखिएको बताए ।

चलचित्र पत्रकार सघं दाङका पूर्व अध्यक्ष धुर्वराज न्यौपाने, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, पत्रकार बसन्त आचार्य,चलचित्र पत्रकार सघं चितवन शाखाका अध्यक्ष रवि अधिकारी लगाएत कार्यक्रममा सहभागि थिए ।

चलचित्र पकार सघं दाङ शाखा अध्यक्ष शिब पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव पुर्ण केसीले गरेका हुन ।

झन्डै १० हजार सहयोग घोषणा

चलचित्र पत्रकार सघं दाङ शाखाले स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासघं दाङ शाखाले सञ्चालन गरेको आइसोलेशन व्यवस्थापन तथा सञ्चालन र पत्रकार सहायता कोषमा ५ हजार ५ सय रुपैंया र शितलपुरमा रहेको काठ बैंकलाई थप ४ हजार ४ सय ४४ रुपैंया सहयोगको घोषणा गरेको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *