तुलसीपुर, जेठ ७ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिले ६० हजार बराबरको जेन्सी सामान तुलसीपुर कोरोना आइसोलेसन मेट्रो सिटी हस्पिटललाई सहयोग गरेको छ ।इलोक्ट्रोन्किस समितिले १२ वटा भित्रे पंखा र एउटा दराज हस्पिटलका बिरामीको सुबिधाको लागि सहयोग प्रदान गरेको हो ।
इलेक्ट्रोनिक्स समितिका पदाधिकारी तथा मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायीबाट संकलित रकमले उक्त सहयोग गरिएको समितिका महासचिब रेशम खड्काले जानकारी दिए ।
समितिका अध्यक्ष सुरज भण्डारी,कार्यकारी उपाध्यक्ष थुमन्न विश्वकर्मा (सितल), प्रथम उपाध्यक्ष चेतन कँडेल महासचिव रेशम खड्का, कोषाध्यक्ष रामु बस्नेत समितिका वरिष्ठ सल्लाहाकार विमल पौडेल, सदस्य पंकज कुमार कसौधन ,अनुप गुप्ता, समीर न्यौपाने , तुलसीपुर जेसिस निवर्तमान अध्यक्ष तथा ब्यवसाही मोहन सुनारसहितका पदाधिकारी सहयोग हस्तान्तरणका लागि पुगेका थिए ।
त्यस क्रममा समितिका अध्यक्ष भण्डारीले व्यक्तिगत थप दूई वटा भित्ते घडीपनि प्रदान गरेका थिए । विजय स्टील फर्निचर उद्योगका सञ्चालक तिलकबहादुर खड्काले दराज सहयोग गरेको महासचिव रेशम खड्काले जानकारी दिए ।
महामारीको समयमा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिले बिरामी र अस्पताल प्रशासनको सुविधाको लागि सहयोग गरेकोमा नगर प्रमुख घनश्याम पाण्डेले धन्यबाद ज्ञापन गरेका थिए ।