२०८१ चैत्र ६ गते बुधवार

कपिलवस्तुमा माओबादीका दूई नेतामाथि गोली प्रहार 

बुटवल, जेठ ६ । कपिलवस्तुमा नेकपा (माओबादी) केन्द्रका दूई नेतामाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।

 

माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डे र इजाज अख्तर मुसलमान गोली प्रहारबाट घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति उनीहरुमाथि गोली प्रहार भएको जानकारी दिएको छ ।

 

कपिलवस्तु तौलिहवा निवासी पाण्डे र भारतको शिद्धार्थनगर जिल्ला तेतरी बजारका मुसलमान कस्ले गोली हान्यो भन्ने कुरा खुल्न नसकेको प्रहरीले बताएको छ ।

 

पान्डेको शरीरको दुई गोली र मुसलमानको शरीरमा एक गोली लागेको प्रहरीले जनाएको छ ।

 

दुबै जनाको कपिलवस्तुमा प्रारम्भीक उपचार पछि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *