२०८१ चैत्र ६ गते बुधवार

गण्डकीमा मनाङ्गेसहित ५ जनालाई मन्त्री बनाइयो

पोखरा, जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रीमण्डल बिस्तार गरेका छन् । उनले यसअघि पनि मन्त्री रहेका पाँच जनाालाई पुनः मन्त्री नियुक्त गरेका छन् ।पुनः नियुक्त गरिएका पाँच जना मध्य एक राजीव गुरूङ ‘दीपक मनाङे’ पनि छन् ।

बुधबार दूई मन्त्री किरण गुरूङ र मनाङेलाई मात्रै जिम्मेवारी तोएिको छ । अरु तीन जना बिना बिभागिय मन्त्री बनाइएका छन् ।गुरुङलाई यसअघि कै आर्थिक मामिला तथा योजना मन्त्री र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामशरण बस्नेत, सामाजिक विकास मन्त्री रहेकी नरदेवी पुन, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री रहेका विकास लम्साल बिनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका छन् ।

मनाङे काठमाडौंमा रहेका कारण सपथ लिन आउन नभ्याएको जानकारी दिइएको छ ।मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित भएकै अवस्थामा वैशाख २९ गते सपथ लिएका थिए।पुनः नियुक्त भएका मन्त्रीहरूलाई बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी छिन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *