२०७८ असार १ गते मङ्गलवार

डेलिभरी संघले प्रतिष्ठानलाई २५ वटा सिलिण्ड रिफिलिङ गर्न पैंशा दियो


घोराही, जेठ ४ । घोराहीस्थित राप्ती अञ्चल डेलिभरी सेवा बितरक संघले २५ वटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्न २५ हजार ६ सय २५ रुपैंया आर्थिक सहयोग गरेको छ ।
संघले महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयोग प्रदान गरेको अध्यक्ष धुर्बराज श्रेष्ठ भारीले जानकारी दिए ।

सहयोग रकमको चेक मंगलबार संघकी कार्यालय प्रमुख माधुरी चन्दले प्रतिष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतलाई हस्तान्तरण गरेको संघका सचिब भरतराज श्रेष्ठले बताए ।

यसैबीच अहिलेको जटिल अवस्थामा बिरामीको ज्यान जोगाउन सहज होस भनेर आर्थिक साहेता प्रदान गर्ने सहयोग गर्ने राप्ती अञ्चल डेलिभरी सेवा बितरक संघलाई बस्नेतले धन्यवाद दिएकी थिइन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *