२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर १३ का वडा सदस्य चौधरीको निधन


तुलसीपुर, जेठ ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । वडाको टिकुली गाउँ निवासी ४४ बर्षीय चौधरीको कमलपित्तका कारण आइतबार राति ११ बजेतिर मृत्यु भएको कार्यबहाक वडाध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनी बिगत दूई बर्ष यता बिरामी रहँदै आएका थिए । चौधरीको अन्तेष्टि सितलपुरस्थित बबई घाटमा गर्न थालिएको छ ।

चौधरीको प्राथिब शरिरमा नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी लगाएतका नेताहरुले नेपाली काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *