२०८१ बैशाख ६ गते बिहिवार

प्रधानमन्त्री ओलीले शपथ लिए

काठमाडौं,वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *