दाङ, बैशाख ३० । गढवा गाउँपालिका वडा नं. ४ मा एकै घर परिवारका तीन जनाको कोरोनाका कारण मृत्युु भएको छ ।
५३ बर्षीय अब्दुल कलामको बैशाख ११ गते, उनका कान्छा भाइ कान्छा भाइ ४१ बर्षीय मोहमद उमरको बैशाख २५ गते र उनका छोरा छोरा २८ बर्षीय मोहमद रज्जाकको बैशाख २६ गते मृत्यु भएको छ ।
गढवा ४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले एकै घर परिवारका तीन जना सदस्यको मृत्यु भएको जानकारी दिएका छन् ।
कोरोनाका कारण एकै घर परिवारका तीन सदस्यको मृत्यु भएपछि गाउँ शोकमा डुबेको वडाध्यक्ष मुसलमानले बताए ।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार