२०८१ जेष्ठ १५ गते मङ्गलवार

गण्डकीमा पुनः गुरुङ मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त गरिएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश ग िरहेकै समयमा एकाएक प्रदेश प्रमुख सीता पौडेलले बुधबार पुनः गुरुङलाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरेकी हुन ।

जस्लाई बिपक्षी चार दलले असैंबधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन् ।प्रदेश प्रमुख सिताकुमारी पौडेलले धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतले गुरुङलाई पुन ः मुख्यमन्त्री नियुक्त गरेको जिकिर गरेकी छन् ।

बुधबार नै राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनेर विज्ञप्ति जारी गरेका थिए । त्यसैलाई आधार मान्दै प्रदेश प्रमुखले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने दाबीका साथ गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन ।

यसअघि विपक्षीदलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेपछि गुरूङले यसअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *