
तुलसीपुर, बैशाख २९ । बुधबार तुलसीपुरले एउटा निकै राम्रो संभावना बोकेका कलाकार गुमाएको छ । एक समयको निकै चर्चित हास्य ब्यंग्य टेली सृखंला ‘ जिरे खुर्सानी’मा बर्षौ काम गरेका सन्दिप भुसालको कोरोनाका कारण मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का बासिन्दा कलाकार भुसालको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा बुधबार उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
भुसाल एक स्थापित र राम्रो संभावना बोकेका कलाकार थिए । उनलाई नजिकबाट चिन्नेहरुले तुलसीपुरले एक राम्रो संभावना बोकेका कलाकार तुलसीपुरले गुमाउनु परेको प्रतिक्रिया दिए । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा आफुलाई हाँस्य बिधाको कलाकार भन्न रुचाउने दीपक कुमालले भुसालको निधनको खवरले आफु स्तब्ध भएको प्रतिक्रिया दिए ।
‘ मैले उहाँबाटै अभिनय सिकेको हो,’ कुमालले भने ‘ म सानै छँदा उहाँ पर्सेनीको कुमार गाउँमा आएर हामीलाई अभिनय गर्न सिकाउनु हुन्थ्यो ।’
भुसाल एउटा राम्रो संभावना बोकेको र स्थापित कलाकार भएको हुँदा तुलसीपुरले एउटा आशा बोकेको कलाकार गुमाउनु परेको उनले बताए। भुलासले पछिल्लो समय तुलसीपुरमै बसेर गृहस्थि जीवन सञ्चालनका लागि ब्यबसाय सञ्चालन गर्दै आएका थिए ।