२०८१ बैशाख ११ गते मङ्गलवार

राजनीति गर्दै गरौंला, अहिले आम नागरिकको जीवन रक्षामा लागौं – काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी

तुलसीपुर, बैशाख २९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कोरोना भाइरसका बिरुद्ध एक जुट भएर जनताको स्वास्थ्य सेवामा जुट्न सबै सरोकार वालाहरुका आग्रह गरेका छन् ।

बुधवार एक प्रेस बिज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्य गिरीले यतिखेर राजनीति भन्दापनि आम जनताको जीवन रक्षाको सवाल महत्वपूर्ण रहेको हुँदा सरकार र सरोकारवाला सबै त्यसका केन्द्रित हुन जरुरी रहेको उल्लेख गरेका छन् । ‘ राजनीति त गर्दै गरौंला, तर कोडिभ – १९ को यो बिकराल अवस्थामा पहिला त आम जनताको स्वास्थ्यका बारेमा गम्भीर हुन आवश्यक छ,’ गिरीले अगाडि लेखेका छन् ‘ कोभिड–१९ बिरुद्धको लडाइमा एक जुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार आन्तरिक सत्ता संघर्षमा रुमलिदा नेपाली जनताले दुःख पाउनु परेको आशष ब्यक्त गरेका छन् । उनले बिभिन्न बाहानामा सत्ता लिप्साकै कारण आम जनताको दैनिक समस्या संग खेलवाड गर्न कसैलाई छुट नरहेको उनले बताएका छन् ।

नेता गिरीले लेखेका छन् – ‘ मानव स्वास्थ्य जस्तो गम्भीर सवालमा सम्पूर्ण राजनीतिक शक्तिहरुलाई एक ठाउँमा उभ्याउनु पर्ने बेला सरकार नै आम जनताको जिउ धनको सुरक्षामा उदासिन हुनु र यस्तो बिकराल अवस्थामा जनताको आत्मबल बढाउनुको साटो सरकारका मन्त्रीहरु नै गैरजिम्मेवार तबरले अभिब्यक्ति दिदै हिड्नु पक्कैपनि लोकतान्त्रिक शाषण व्यबस्था भएको मुलुकका लागि लज्जाको बिषय हो ।’

उनले कोरोना प्रभावित जिल्लाहरु दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, बीरगञ्ज, कैलाली, काठमाडौं लगाएतका जिल्लामा अक्सिजनको चरम अभाव रहेको भन्दै ती जिल्लाहरुमा यथाशक्य चाँडो अक्सिजनको ब्यबस्था, आइसियुसहितको बेड क्षमता बृद्धि तथा आवश्यक मात्रामा आइसोलेसन सेन्टरहरुको स्थापनामा तत्काल ध्यान दिन नेता गिरीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आफुपनि कोरोना पीडितलाई अस्पताल भर्ना गर्नेदेखि अन्य सेवामा रातदिन खटिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *