२०८१ जेष्ठ १७ गते बिहिवार

बाँकेमा उपचाररत थप १६ जना संक्रमितको मृत्यु 

दाङ, बैशाख २९ । बाँके जिल्लामा उपचाररत थप १६ संक्रमितको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाका ६६ बर्षीय पुरुषको बुधबार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । पिसिआर रिपोर्ट पछि उनी २२ गते अस्पताल भर्ना भएका थिए ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ की ६४ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहान साढे ५ बजे मृत्यु भएको छ । उनी २४ गते अस्पताल भर्ना भएकी थिइन ।

त्यस्तै कोहलपुर ११ का ४१ बर्षीय पुरुषको बिहान ४ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । उनी २५ गते अस्पताल भर्ना भएका थिए ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ६५ बर्षीय पुरुषको भेरी अस्पतालमा बिहान १० बजे मृत्यु भएको छ । उनी २३ गते अस्पताल भर्ना भएका थिए ।

 

त्यस्तै बर्दिया गुलरिया नगरपालिका वडा नं. ९ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा बिहान ८ बजे मृत्यु भएको छ। उनी २५ गते भर्ना भएकी थिइन ।

त्यस्तै सल्यान जिल्लाको वनगाड कुपिन्डे – ६ का ५० वर्षीय पुरुषको भेरी बिहान साढे ८ बजे मृत्यु भएको छ।

वैशाख २५ गते भर्ना भएका उनको २६ गते पिसिआर पोजेटिभ आएको थियो ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. १ का ४३ बर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार दिउँसो साढे १ बजे मृत्यु भएको छ ।

पिसिआर परीक्षण पछि उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै कोहलपुरकी एक ७० बर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । २७ गते भेरी अस्पतालमा भर्ना भएकी उनी २८ गते होम आइसोलेसनमा बस्न गएकी थिइन ।

उनको मंगलबार राति साढे ११ बजे मृत्यु भएको बर्दिया जिल्लाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ६६ बर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान ८ बजे मृत्यु भएको छ ।

बैशाख २३ गते पिसिआर रिपोर्ट पछि उनी अस्पताल भर्ना भएका थिए ।

बर्दिया जिल्लाको बाँसगडी ९ का ६४ बर्षीय पुरुषको साढे ८ बजे बिहान भेरी अस्पतालमा मृत्यु भएको छ ।

पिसिआर परिपोर्ट पछि उनी बैशाख २६ गते अस्पताल भर्ना भएका थिए ।

बाँकेको नेपालगञ्ज १६ का ४९ वर्षीया महिलाको भेरीमा बिहान साढे ८ बजे मृत्यु भएको छ। वैशाख १८ गते पिसिआर परीक्षणमा पोजेटिभ देखिएपनि उनी बैशाख २३ गते भर्ना भएकी थिइन ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ४४ वर्षीय पुरुषको भेरीमा बिहान साढे ८ बजे मृत्यु भएको छ। वैशाख २४ गते भर्ना भएका उनको २७ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

 

त्यस्तै बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरी अस्पालमा साढे ८ बजे बिहान मृत्यु भएको छ। वैशाख १३ गते भर्ना भएका उनको बैशाख २७ गते पिसिआर परीक्षण गर्दा संक्रमन पुष्टि भएको थियो ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १ का ६० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहान ४ ः ४५ बजे मृत्यु भएको छ।

उनी वैशाख २२ गते पिसिआर पोजेटिभ आएको थियो । उनको बैशाख २९ गते राति भर्ना भएको केही बेरमै मृत्यु भएको थियो ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३० वर्षीया महिलाको नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार राति साढे ९ बजे मृत्यु भएको छ।

वैशाख २२ गते पिसिआर परीक्षण दर्गा पोजेटिभ देखिएपनि उनलाई बैशाख २३ गते भर्ना गरिएको थियो।

त्यस्तै कोहलपुर १० का ४५ वर्षीया महिलाको सोही अस्पतालमा बुधबार बिहान साढे १ बजे मृत्यु भएको छ ।

बैशाख २७ गते पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई बैशाख २८ गते मर्ना गरिएको थियो।

बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा १६ जनाको मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *