
दाङ, बैशाख २८ । घोराहीका एक नब बिबाहित दम्पत्तिले कोरोना संक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर खरिद गर्न भनेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाएर अस्पतालाई नगद ५१ हजार आर्थिक साहेता प्रदान गरेको जानकारी दिएका छन् ।यो जोडिले मंगलबार प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीलाई उक्त रकम राषिको चेक हस्तान्तरण गरेका थिए ।
कोरोनाको महामारीको समयमा अस्पतालहरुमा अक्सिजन सिलिण्डर खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफुहरुले बिवाहमा लाग्ने खर्च कटाएर प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको अविनाशले बताए ।
अबिनाशले सकेजति सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।‘बिरामीका लागि अत्याबश्यक अक्सिजन खरिदका लागि पैंसा सहयोग गर्न पाउँदा हामी खुसी छौं,’ अबिनाशले भने ।
महामारीको समयमा बिरामीलाई अक्सिजन किन्न भनेर नगद ५१ हजार आर्थिक साहेता गर्ने नबबिबाहित दम्पत्तिलाई उपकुलपति भण्डारीले धन्यबाद दिएकी थिइन ।
