घोराही, बैशाख २८ । कोरोनाको महामारीमा निर्माण ब्यबसायी महासंघ प्रदेश अध्यक्ष बलिभद्र रानाले ब्यक्तिगत खर्चमा २५ अक्सिजनसहितको सिलिन्डर राप्ती स्वास्थ्य प्रतिष्ठानलाई सहयोग स्वरुप प्रदान गरेका छन् ।
कोरोनाको महामारीको बेला अक्सिजन अभाबले बिरामीको उपचारमा समस्या भएपछि नेपाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रानाले २५ वटा अक्सिजन सिलिन्डर प्रतिष्ठानलाई सहयोग गरेका हुन । सिलिण्डर प्रदान गर्न अध्यक्ष राना,दाङ जिल्ला उबासंघका बाणिज्य उपाध्यक्ष रामप्रशाद पाखरेलसहित प्रतिष्ठान पुगेका थिए ।
उनीहरुले ती सिलिण्डर प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई हस्तान्तरण गरेका हुन ।अभावको समयमा अक्सिजन सिलण्डर सहयोग गर्ने अध्यक्ष रानालाई उपकुलपति प्रा.डा. भण्डारीले प्रतिष्ठानको तर्फबाट धन्यवाद दिएकी थिइन ।
उपकुलपति भण्डारीले बिपद संग सामना गर्न सबैको हातेमालो आवश्यक रहेको बताइन ।