तुलसीपुर, बैशाख २६ । तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ३० मिनेट भित्रै ३ जनाको मृत्यु भएको छ । एकै दिन ५ जनाको मृत्यु भएको छ । जिल्ला जनश्वास्थ्य कार्यालय दाङले आइतबार दाङमा ७ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।
आइतबार बेलुकी दंगिशरण गाउँपालिका वडा नं. ६ की ५३ बर्षीया महिलाको ४ :४० बजे, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ की ५८ बर्षीया महिलाको ४ः५० मा र घोराही उपमहानगरपालिका वडा नं. १४ का ५९ बर्षीय पुरुषको बेलुका ५ : १० बजे मृत्यु भएको छ ।
यसअघि घोराहीका ४१ बर्षीय पुरुषको मृत्यु दिउँसो साढे १२ बजे, बबई गाउँपालिकाकी २७ बर्षीया महिलाको आइतबार बिहान साढे १२ बजे मृत्यु भएको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले जानकारी दिए । बेलझुण्डी अस्पतालमा आइतबार मात्रै ५ जनाको मृत्यु भएको छ ।
उता नेपालगञ्ज मेडिकल कलेजमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ४१ बर्षीय पुरुषको पनि आइबार नै मृत्यु भएको छ ।