२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङमा थपिए ४६७ नयाँ संक्रमित, २४ घन्टामा ७ जनाको मृत्यु

तुलसीपुर, बैशाख २६ । दाङमा बितेको २४ घन्टामा ४६७ जना नयाँ संक्रमित थपिएका छन् । यो अबधिमा जिल्लामा ७ जनाको मृत्यु भएको छ । आइबार इन्टिजेण्ट बिधिबाट परीक्षण गर्दा जिल्लाका बिभिन्न स्थानमा गरि ६९ जना नयाँ संक्रमित फेला परेका छन् ।

एन्टिजेण्ट परीक्षणबाट घोराहीमा १०, लमहीमा २२, राप्तीमा ९, गढवामा २२ र शान्ति नगरमा थप ६ जना संक्रमित थपिएका छन् । हालसम्म घोराहीमा उपमहानगरपालिकामा सबै भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । त्यहाँ संख्या ११३४ जना, तुलसीपुर उपमहानगरपालिकामा १०५७, लमही नगरपालिकामा १०६ सक्रिय संक्रमित पुगेका छन् ।

त्यस्तै बबईमा गाउँपालिकामा ४२, शान्तिनगरमा ३४, दंगिशरणमा २६, बंगलाचुलीमा १२, राप्तीमा ४०, राजपुरमा ८ र गढवा गाउँपालिकामा २२ जना सक्रिय संक्रमित रहेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

हालसम्म जिल्लामा सक्रिय संक्रमित २४८१ पुगेको छ । आइतबार दिउँसोसम्म कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ६८ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २८, नेपालगञ्ज मेडिकल कलेजमा १५, भेरी अस्पतालमा १६, लुम्बिनी अस्पतालमा ३ तीन जना बिरामीको उपचार भइरहेको छ ।

त्यो बाहेक होम आइसोलेसनमा २३५१ जना संक्रमित बसेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । दाङमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *